vada
News

सडकमा गुड्ने कार अब हावामा पनि उड्ने भयो सफल परिक्षण, यसरी उड्यो (भिडिओ हेर्नुस्)

एजेन्सी । अब सडकमा गुड्ने कार हावामा पनि मजाले उडेको देख्न सकिने छ । सडकमा गुड्ने र हावामा उड्ने कारको सफल परीक्षण भएको छ । विकासको लागि भएको यो सफल उडानले वैज्ञानिकहरुलाई खुसी दिएको छ ।

स्लोभाकियाको नित्रा अन्तर्राष्ट्रिय विमानस्थलदेखि ब्रातिसलाभा विमानस्थलसम्म एअर कारले निर्माण गरेको हाइब्रिड कार सफल रुपमा उडेको हो। यस कारमा बीएमडब्लू कारको इन्जिन भएको बताइएको छ। कारमै लाग्ने पेट्रोलले यो कार उड्छ।

परीक्षण उडानमा यो हाइब्रिड कार ३५ मिनेटसम्म उडेको थियो। यस उड्ने कारको निर्माता प्राध्यापक स्टिफन क्लेनका अनुसार यो कार एकपटकमा हजार किलोमिटर टाढासम्म उड्नसक्छ, यो २५ सय मिटर माथिबाट उड्नसक्छ। बीबीसीका अनुसार यो कार विमानमा परिणत हुन दुई मिनेट १५ सेकेन्ड लाग्छ। यो उड्ने कारमा दुई जना अटाउँछन् र यसमा २ सय केजीभन्दा बढी सामग्री बोक्न सकिँदैन।

Related Articles

Back to top button