vada
News

बाख्रा चराउन जाँदा भीरबाट लडेर महिलाको मृत्यु

धनगढी– डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको दिपायल–सिलगढी नगरपालिका वडा नम्बर ७ पाँकरीकी २८ वर्षीया शारदा कठायतको भिरबाट लडेर मुत्यु भएको हो ।

बाख्रा चराउन गएकी कठायतको भिरबाट लडेर मुत्यु भएको वडा अध्यक्ष कर्ण विष्टले बताए ।

उनका अनुसार स्थानीयले शव फेला पारेका हुन् । नाउटेपानी खोलामा भिरबाट खसेर मृत्यु भएको वडा अध्यक्र्ष विष्टले बताए

Related Articles

Back to top button
Close