vada
News

ज्वाला संग्रौंलालाई के हुन्छ अब ?

जापानमा काम गरेर बसेदेखि नै सामाजिक सन्जालका उग्र लेखाइ र वि’वादस्पद गतिविधिमा निरन्तर क्रि’याशील ज्वाला संग्रौंलालाई हिजो महानगरीय प्रहरी, काठमाण्डौले आफ्नो हिरासतमा राखी आज थप थुनाको निम्ति अदालतबाट म्याद लिने तयारी रहेको जनाइएको छ ।

जेठ १४ गते गौरीघाटमा ज्वाला र उनको समूहले प्रहरी कार्यालय भित्रै खुश्बु घिमिरेलाई दु’र्व्यहा’र र हातपात गरेपछि उनलाई हिजो प्रहरीले पक्राउ गरेको थियो । ज’थाभावी गा’ली ग’लौज, अ’पशब्द, का’ट्छु मा’र्छु शव्दलाई दालभात जसरी प्रयोग गरिरहन रुचाउने ज्वालाले केही दिनअघि महाराजगञ्जको प्रहरी कार्यालयमा मधेसी मूलका ट्राफिक प्रहरीमाथि जा’ती’य वि’भे’द हुनेगरी सार्वजनिक रुपमा अ’पशव्द प्रयोग गरेकी थिइन् ।

प्रहरी स्रोतका अनुसार जा’हेरीवाला खुश्बु घिमिरको लिखित उ’जुरीपछि ज्वाला पक्राउ परेकी हुन् । घिमिरे र संग्रौलाबीच फेसबुक वाल र म्यासेजमा ‘मनपरी’ लेखेर भनाभन र झग’डा भएको थियो ।जा’हेरीमा उल्लेख भएअनुसार ज्वालाले खुश्बुुलाई छलफल गर्न भनेर बोलाएपछि ६ जना मिलेर चौ’कीमा बु’टै बु’टले हानेको भिडियो वयान सार्वजनिक भएको छ ।

तीमध्ये प्रहरीले शर्मिला वाइबा र हिमाल उपाध्यायलाई पनि प’क्रेको छ । उपाध्यया ज्वालाका श्रीमान भएको बुझिएको छ । घिमिरेले आफूलाई कु’टपिट र अ’भद्र व्य’वहार गरेको भन्दै ६ जनावि’रुध्द लिखित उ’जुरी दिएपछि उनीहरुलाई गौशाला प्रहरीले पक्राउ गरेको हो ।

हुन तः खुश्बुले ज्वाला र उनको समूहवि’रुद्ध प्रहरीमा ठाडो उ’जुरी हालेको धेरै भइसकेको थियो । तर, प्रहरीले छलफल गर्न बोलाउँदा ज्वाला र उनको टोलीले अनेक ब’हानामा टार्दै आएको बताइन्छ। केही दिनअघि ज्वालाले महाराजगञ्जस्थित ट्राफिक प्रहरीका असई मणिशंकर झालाई ज्वाला समेत सवार विना लाइसेन्स मोटरसाइकल चलाउनेलाई पक्रँदा जा’ती’य अपमान हुनेगरी उल्टै झाको जागिर खो’सिदिने भन्दै ध’म्काएकी थिइन् ।

आज उनै ट्राफिक प्रहरीले आफूलाई ध’म्काएको भन्दै जा’ती’य विभेदको आरोपमा ज्वालावि’रुध्द अर्को उ’जुर हा’ल्न लागेका छन् ।ज्वालाले समाजसेवाको नाममा अभियान्ता भनी खाडीमा र’ग’त पसिना ब’गाउनेबाट करोडौं चन्दा उठाएको र केही रकम समाजसेवामा खर्च गरेको देखाएर घर गाडी जोड्ने, फाइभ स्टारमा बस्ने, मो’जम’स्तीमा पैसा उ’डाउने गरेको आरोप समेत लाग्दै आएको छ ।प्रहरीले उनीहरुवि’रुध्द आज जिल्ला अदालतबाट म्याद थप्ने तयारी गरेको छ ।

Related Articles

Back to top button