News
प्रहरीले खोजेपछि र्यापर भिटेनले चाले यस्तो कदम (हेर्नुहोस्)
काठमाडौं १४ कार्तिक / पछिल्लो समय युवायुवतीका प्रिय बनेका चर्चित र्यापर समीर घिसिङ भिटेन लाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ ।
एकहप्ता अगाडि युट्युबमा सार्वजनिक गरिएको भिटेनको नयाँ गीत ‘पारा’को भिडियोमा आपत्तिजनक शब्द प्रयोग भएपछि कारबाही गर्न बिहीबार साइबर ब्युरो भोटाहिटीलाई चिठी लेखिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिएका छन् ।
साइबर ब्युरोले कारबाहीका लागि पत्राचार गरेपछि भिटेनले गीतको भिडियो युटुवबाट हटाएका छन् । जुन गीतको भिडियो युटुव ट्रेन्डिङको पहिलो नम्वरमा थियो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **