News
आजपनि घट्यो सुनको भाउ : तोलाको कतिमा झर्यो हेर्नुहोस्
काठमाडौं १४ कार्तिक / नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतितोला ९४ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य बिहीबारको भन्दा २०० रूपैयाँले कम हो ।
यस्तै तेजावी सुन पनि तोलामा २०० रूपैयाँले घटेर तोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी प्रतितोला ११८० रूपैयाँमा कारोबार भइरहेको छ ।