vada
News

चितुवाको आ क्र म ण बाट घाइते भएकी बालिका कि आमाले सुनाईं सबै बित्तान्त

काठमाडौं – तनहुँमा चितुवाको आ क्र मणबाट एक बालिका घाइते भएकी छिन् । व्यास नगरपालिका-१२ देउराली पालिङकी मधु परियारकी साढे दुई वर्षीया छाेरी अनुष्का परियार चितुवाको आ क्र म णबाट घाइते भएकी हुन।

आइतवार साँझ घरभित्र खाना खान लागेका बेला छोरीलाई चितुवाले तानेकाे उहाँले बताउनु भयाे । ‘चितुवाले छोरीलाई तानेपछि मैले पनि छोरीलाई तानेँ । तीन कान्लासम्म ल तारेपछि चितुवाले छाड्यो, अनि मैले छोरीलाई लिएर घर फर्किएँ’ उहाँले भन्नुभयो ।

बालिकाको चिउँडोमा चो ट ला गे को छ । घाइते अनुष्काको दमौली अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको दमौली अस्पतालले जनाएको छ ।

यो पनि, गल्फागाड गाउँमा ज्वरोका बिरामी बढे
हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिका–२ को गल्फागाड गाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन् । केही दिनयता सो गाउँमा बिरामीको सङ्ख्या बढेर गाउँ नै थला परेको छ । गाउँमा रुघाखोकीका बिरामी बढ्दै गए पनि उपचारका लागि नजिकमा स्वास्थ्य चौकी नभएको बताइएको छ । गल्फागाड गाउँका नागरिकलाई बिरामी हुँदा गाउँमा स्वास्थ्यचौकी नभएर एक घण्टाको पैदल हिँडेर पालिका केन्द्र श्रीनगरमा रहेको स्वास्थ्यचौकीमा पुग्नु पर्ने बा ध्य ता छ ।

स्वास्थ्यमा सामान्य खराबी आए पनि नजिकमा स्वास्थ्यचौकी नहुँँदा यहाँका नागरिकले समयमै उपचार नपाउने गरेको सिंह भण्डारीले बताउनुभयो । सिटामोलसमेत समयमै नपाउनुका साथै वृद्धवृद्धा बिरामी हुँदा थप समस्या हुने र उपचार गर्न लैजान पनि गा ह्रो हुने गरेको उहाँले बताउनुभयो ।

यता गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराका अनुसार आफूलाई अहिलेसम्म गल्फागाड गाउँमा बिरामी भएको खबर नआएको बताउनुभयो । गाउँमा बिरामी भएको खबर आएको खण्डमा स्वास्थ्यकर्मी जाने अन्यथा नजाने उहाँको भनाइ थियो । गल्फागाड गाउँमा करिब ३० घरधुरी छन् ।

Related Articles

Back to top button