vada
News

कुवेतमा ज्यान गुमाएका चार नेपालीको शव कतार हुँदै नेपाल ल्याईदै

काठमाण्डौं । रोजगारीका क्रममा कुवेतमा ज्यान गुमाएका ४ जना नेपालीहरुको शवहरु कतार हुँदै नेपाल ल्याईदै छ । कोरोनाको कारण उडानहरु नहुँदा कुवेतमै केही समय देखी अलपत्र परेका शबहरु नेपाल ल्याईन लागेको हो ।

केही समय देखी सबै कानुनी प्रकृयाहरु पुरा भएर पनि सिधा तथा नियमित उडान नहुँदा कुवेतमै रोकिएका १ महिला सहित ४ जना नेपालीको शब नेपाल पठाउन लागिएको नेपाली राजदूताबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले बताउनु भयो । चार जनाको शव पठाउँदा पनि अझै १ जनाको शब कुवेतमै रहेको सिलवालको भनाई छ । कुवेतमा मृत्यु भएका यि ४ नेपालीहरुको शव एकै चोटि जुन–१४,२०२१ सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौ अवतरण गर्नेछन ।

पछिल्लो समय नेपाल सरकारले कोरोना नियन्त्रणका लागी जारी गरेको निषेध्याज्ञाका कारण केही उडानहरु बाहेक नेपालका अन्तरराष्ट्रिय उडानहरु बन्द छन। कुवेतबाट कम्पनिबाट करार अवधि सकिएर नेपाल फर्किनुपर्ने, बिरामी भएर नेपाल फर्किनुपर्ने तथा आफन्तको मृत्युको कारण नेपाल फर्किनुपर्नेहरु कुवेतबाट नेपालको सिधा उडानको प्रतिक्षामा छन भने सरकारले कतार, टर्की, भारत र चीनमा मात्र त्यो पनि सिमित उडानहरु गरिरहेको छ।

नेपाल ल्याईदै गरेका ४ जना मृतकहरुको बिबरण

१. मृतकको नाम:- मुना राई
ठेगाना:-बुद्दशान्ती-७, धारागोला भ्यूटावर झापा
राहदानी नं-१०६७३६८३
कुवेतमा मृत्‍यु भएको मिती:-२० मेई,२०२१
मृत्‍युको कारण:-हृदयघात

२. मृतकको नाम:- सोमप्रसाद दाहाल
ठेगाना:-बाहुने-९ दौलतपुर,मोरङ
राहदानी नं-०६७८९२८४
कुवेतमा मृत्‍यु भएको मिती:-१६ मेई,२०२१ आइतबार
मृत्‍युको कारण:-उपचारको क्रममा

३.मृतकको नाम:- मोहमद सबिर आलाम
ठेगाना:-सुनसरी
राहदानी नं-०७६९०६७०
कुवेतमा मृत्‍यु भएको मिती:-१ जुन,२०२१ मंगलबार
मृत्‍युको कारण:-हृदयघात

४. मृतकको नाम:- राम शरण मण्डल
ठेगाना:-सिराहा
राहदानी नं-०६८३६७२०
कुवेतमा मृत्‍यु भएको मिती:-२९ मेई,२०२१ शनिबार
मृत्‍युको कारण:-हृदयघात

Related Articles

Back to top button