vada
News

दशैँको दिन नै सबैलाइ छोडेर बिदा भए कोरियामा रहेका ज्ञानेन्द्र, खोसियो सहारा पत्नी र छोरिको

सउल – परदेशमा दशैँ नमनाइएकाले विजयादशमीका दिन घाम नउदाउँदै काममा निस्किएका उदयपुरका ज्ञानेन्द्र राई त्यसपछि कहिल्यै नफर्कने गरी बिदा भए । उनी इपिएस प्रक्रियामार्फत कोरिया आई करिब साढे तीन वर्षदेखि एक कटिङ कम्पनीमा कार्यरत थिए । उनको टीकाकै दिन कम्पनीमा काम गर्ने क्रममा दुर्घटनामा परी मृ त्यु भएको हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उनका सहकर्मी तिलक पुनका अनुसार सोमबार बिहान १० बजेतिर कम्पनीमा काम गर्ने क्रममा कोरियाली कामदारले चलाएको छि गे छा (सामान बोक्ने गाडी)ले च्यापेर उनको मृ त्यु भएको हो । मृ’त’क राई ख्यङ्सान नाम्दो, हाप्छनगुन भन्ने ठाउँमा काम गर्थे । छि’गेछाले च्या’पे’पछि उनलाई उपचारका लागि नजिकैको अस्पताल पु¥याइएको भए पनि अस्पतालले मृ’त घोषणा गरेको थियो ।

नेपालमा एकैदिन २३६४ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं- नेपालमा थप २३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २३६४ जनामा जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

योसँगै नेपनलमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ । त्यस्तैगरी आज कोरोनाबाट १७ जनाले ज्यान गुमाएका छन् । योसंगै कोरोनाबाट ज्यान गुमाउने मानिसको संख्या ९०४ पुगेको छ । त्यस्तैगरी पछिल्लो २४ घण्टामा थप ३०३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख २४ हजार ८६२ पुगेको छ ।

Related Articles

Back to top button
Close