vada
News

BREAKING NEWS :प्रधानमन्त्री ओलीलाई लाग्यो ठूलो धक्का

काठमाडौ । सर्वोच्च अदालतले नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिन अस्वीकार गरेको छ । प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष ओलीलाई ठूलो झट्का लागेको छ ।

ओलीलाई विहिवार दुई घटनावाट ठूलो झट्का लागेको छ । गण्डकी प्रदेशमा उनका निकै निकट मानिएका पृथ्वीसुब्बा गुरुगंले विश्वासको मत लिन नसक्दा एमाले सरकार ढलेको छ भने सर्वोच्च अदालतले पनि उनले गठन गरेको एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएर राजनीतिक जिवनमा ठूलो धक्का लागेको छ ।

यससँगै एमाले, माधवकुमार नेपाल समूहले माग गरे जस्तै २ जेठ २०७५ को अवस्थामा फर्किनुपर्ने भएको छ । सर्वोच्च अदालतले तत्कालिन नेकपा भंग गरिदिएपछि ओलीले एकलौटी रुपमा एमाले पुनर्गठन गर्दै आफ्ना पक्षका नेताहरुलाई समेटेर आयोजक कमिटी बनाएका थिए ।

माधव नेपाल समुह त्यो निर्णय विरुद्ध संघर्षमा छ । माधव नेपाल समुहले राख्दै आएको यहि माग पुरा नगरेका कारण अहिले सो समुह नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग राख्दै सर्वोच्च अदालतमा हस्ताक्षर बुझाउन पुगेका छन् । पार्टी समेत फुटको संघारमा पुगेको छ ।

Related Articles

Back to top button