vada
International

सुशान्त मृत्युको चार महिनापछि खुलेको नयाँ रहस्यले बलिउडमा हंगामा !

भारतीय अभिनेता सुशान्त सिंह राजपुत मृत्यु प्रकरणमा नयाँ–नयाँ कुरा बाहिर आउने क्रम जारी नै छ ।सुशान्तको मृत्युको चार महिनाभन्दा बढी समयपछि भारतका एक सांसदले सुशान्तले आ त्मह त्या गरेको नभई उनको ह त्या भएको दाबी गरेका छन् । भारतीय जनता पार्टी (भाजपा) बाट सांसद नारायण राणेले भनेका छन्, ‘सुशान्तले आ त्मह त्या गरेका होइनन्, उनको ह त्या भएको हो । त्यस बखत सुशान्तका घरमा एक जना मन्त्री समेत थिए ।’**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

भारतीय पत्रिका दैनिक भास्करका अनुसार सुशान्त मृत्यु प्रकरणमा महाराष्ट्र मन्त्रिमण्डलका एक जना मन्त्री जे ल जान सक्ने दाबी उनले गरेका छन् । उनले अगाडि भनेका छन्, ‘मसँग प्रमाण छन् र जुन म सीबीआई (केन्द्रीय अनुसन्धान ब्युरो) लाई मात्र दिन्छु ।’ एक न्युज च्यानललाई अन्तर्वार्ता दिँदै सांसद राणेले घटना भएको रात केही मान्छे सुशान्तको घर पुगेको दाबी गरेका छन् । अभिनेता सुशान्त गत जुन १४ तारिख आफ्नै निवासमा पंखामा झुण्डिएको अवस्थामा मृ त फेला परेका थिए ।

Related Articles

Back to top button
Close