अभिषेकको फिल्ममा सुशान्तको ठाउँमा आयुष्मानले पाए मौका
एजेन्सी । बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधनपछि उनी अनुबन्धित भएका फिल्ममा अब निर्माताले अन्य कलाकारको खोजी थालेका छन् । सुशान्तको निधन पछि उनलाई अनुबन्ध गरेका फिल्म अधुरै रहने भएपछि अन्य कलाकारको खाजी थालिएको हो । निर्माताले उनको अनुपस्थितिमा नयाँ कलाकार लिन थालेका छन्।
निर्देशक अभिषेक कपूरको आगामी फिल्म ‘चंडीगढ़ करे आशिकी’ मा पनि सुशान्त फिक्स भएका थिए। तर अब उनको ठाउँ आयुष्मानले पाउने भएका छन् । सो फिल्ममा आयुष्मानका साथै वाणी कपूर लीड रोलमा देखिने छन्।
भारतीय सञ्चार माध्यमका अनुसार अभिषेक कपूरले सुशान्तलाई ‘केदारनाथ’ सक्काउने बेला नै फिल्मबारे जानकारी गराएका थिए। सुशान्त र वाणीको जोडी अभिषेकको पहिलो रोजाई थियो। अभिषेकले नै आफ्नो फिल्म ‘काई पो छे’बाट सुशान्तलाई बलिउडमा डेब्यु गराएका थिए।
अभिषेकले सुशान्तलाई ‘फितूर’मा पनि अफर गरेका थिए। यो फिल्म भने अस्वीकार गरेका थिए। पछि आदित्य राय कपूरले मौका पाए। यद्यपि अभिषेक र सुशान्तको जोडीले एकपटक फेरि कमब्याक गरेर ‘केदारनाथ’ जस्तो सुपरहिट फिल्म दिएको थियो।