vada
Video

पोइला गएकी श्रीमति फर्काएर ल्याएँ , दशैं मान्न भनेर राखेको पैसा लिएर फेरी फरार (भिडियो)

दाङमा फेरी अर्को अनौठो घटना सार्वजनिक भएको छ । दशैंको मुखमा चारवटा छोराछोरी छोडेर एक महिला हराएकी छन् । दागंको घोराही नगरपालिका वडा नंम्बर १२ मा एक जना ३० वर्षकी महिला ४ छोराछोरी छोडेर हिँडेकी हुन्।
एक सानी छोरी आमाको काखमै बस्ने उमेरकी छन् । ति सानी छोरी रातभरी आमा सम्झेर रुने गर्छिन । बुवाले सानी छोरीको त्यस्तो अवस्था देखेर दुखी भएका छन् । दशैं मान्न ठिक्क पारेको पैसा र समुहवाट समेत ऋण समेत उठाएर गएको श्रीमानको दावी छ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

आफु वैदेशिक रोजगारीमा बसेर कमाएको पैसा समेत लिएर गएपछि अहिले दशैंमा छोराछोरीलाई एक छाक राम्रो खाना समेत खुवाउन नपाएको बताएका छन् । चन्द्रकला बस्नेत नाम गरेकी महिलाका श्रीमानले मोवाइलमा ४ वटा सिम प्रयोग गरेर ४ वटा इमो मार्फत फरक फरक पुरुषसंग कुरा गर्ने गरेको दावी गरेका छन्।

उनी यस अघि पनि पटक पटक अन्य पुरुषसंग हिडेको र आफुले फर्काएर ल्याएको बताएका छन् । गर्भवती अवस्थामा समेत हिडेकी श्रीमतिलाई बच्चाको कारणले फर्काएर ल्याएको बताएका छन् । यामबहादु बस्नेतले भने, मेरो सन्तानका लागि म ७ ठाउँमा गए पनि फर्काएर ल्याउँछु भनेर ल्याएको हुँ।

उनले भने मेरो माया नलागे पनि यति सानो छोराछोरीको माया लाग्नु पर्ने उनी भन्छन्, उसको पोइल जाने योजना हो, तर मलाई नै दोशी देखाउने उसको योजना हो।

आफुले अर्कैसंग विवाह गर्ने तर सम्बन्ध लुकाएर राख्ने । उनले मेरो नाम बेचेर सबै ठाउँवाट ऋण समेत लिएको बताएका छन्।

पटक पटक यस्तै गर्दै आएकी हो, तर मैले फर्काएर ल्याएँ उनी भन्छन्, एक पटक आमा समुहले मिलाई दिएका हुन्, एक पटक ७ महिनाको गर्भवती हिँडेकी थिइ । मेरो सन्तान मलाई चाहिन्छ भनेर फिर्ता ल्याएको हुँ उनले भने।

Related Articles

Back to top button