vada
Video

“मलाई पक्का पुरुष चाहियो, दायाँबायाँले हुँदैन” (भिडियो हेर्नुहोस्)

काठमाडौ । नेपालकै कान्छी तेस्रोलिङ्गी हुन् अनमोल राई । उनी झापाको स्थानिय हुन् । जन्मिदा पुरुषका रुपमा जन्मिएपनि उनको स्वभाव र चाहना महिलाको थियो । आफुलाई फरक अनुभव गर्ने गरेकी उनी अहिले महिलाको पहिरन र आकृतिमा छन् ।

मलाई पुरुष शौचालय नजिक पर्दा पनि अप्ठेरो महशुष हुन्थ्यो, म शौचालय प्रयोग गर्न पनि हिचकिचाउँथे उनले आफ्नो पुरानो अनुभव सुनाउँदै भनिन् । शरिर पुरुषकै भएपनि म महिला प्रति आकर्षित हुन्थेन उनको अनुभव छ पुरुष शरिरले मलाई लोभ्याउँथ्यो ।

आफ्नो प्राकृतिक रुपमा अन्य भन्दा फरक भएको बारेमा जानकारी पाएकाहरुले प्रयोग गर्ने शब्दले सुरुमा निकै अप्ठेरो लाग्ने गरेको उनको भनाई छ । आफ्नै साथीहरुले पनि अर्कै ग्रहवाट आएको प्राणी जस्तो ब्यवहार गर्दा अनौठो लाग्थ्यो ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उनी साथी केटीलाई बनाउन मन पर्थ्यो भने आकर्षण केटा प्रति थियो । उनलाई आफ्नो जिवनमा के भइरहेको छ भन्ने कुरा बुझिनन् । आफ्नो ब्यवहार थाहा पाएका साथीहरुले जिस्क्याउने गरेको अनुभवले उनलाई दुखी बनाउँछ । पछि जब आफु तेसोलिंगी हो भन्ने थाहा पाइन् त्यसपछि समाज र साथीभाईले गर्ने ब्यवहारले त ना व दिन थाल्यो ।

मिडियामा रुची राख्ने राई कलाकारितामा जान्छु भन्ने कुरा भने नसोचेको बताएकी छन् । अवसर पाए मिडियामा लाग्ने बताएकी छन् । राईले केटिएम दैनिकसंगको अन्तरवार्ताका क्रममा आफ्ना रुचि र जिवनप्रतिको चाहनाका बारेमा धेरै कुरा बताएकी छन् । बाँकी भिडियोमा

Related Articles

Back to top button