vada
Video

दशैंको दिनमा पर्यो यस्तो बज्रपात, छोरी भन्छिन् ‘बुवालाई बचाउन म आफुलाई बेच्न पनि तयार छु’ (भिडियो हेर्नुस्)

काठमाडौ । सन्तानका लागि सबैभन्दा ठूलो सहारा अभिभावक हुन् । तर जब आफ्ना बुवाको अन्तिम अवस्था आउँछ सन्तानका लागि त्यो भन्दा ठूलो पी डा केही पनि होइन । कमानसिंह विकको अहिले बाँकेको कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तीन वहिनी दिदी बहिनी र एक छोराका बुवा समेत रहेका कमानसिंहको एउटा खुट्टा नै छैन । कोहलपुर स्थित अस्पतालले उनको उपचारका लागि भारतको लखनउ रेफर गरेको छ । तर उपचारका लािग उनीहरुसंग पैसा छैन । उपचारका लागि करिब ६ लाख रुपैया खर्च हुने चिकित्सकले बताएका छन् ।

तर उपचार गर्न पैसा नभएका कारण उनलाई लखनउ लगिएको छैन । दागंको तुलसीपुरका स्थानिय उनलाई कसैले प्र हार गरेर घाइेत बनाएका हुन् । उनी दशैंको बेलामा कतै बाहिरवाट घर फर्कदै थिए त्यती नै बेला उनलाई कसैले आ क्र म ण गरेको थियो । उनको हात र खुट्टामा चोट लागेको छ ।

उनी भान्जाको विवाह भोज खाएर घर फर्कदै थिए । साँझ करिब ८ वजे तिर उनी माथि यस्तो घटना भएको हो ।
बुवाको अन्तिम अवस्थामा देखेर उनकी १७ वर्षकी छोरीले रुँदै आफ्नो बुवालाई उपचारका लागि सहयोग गर्न अपिल गरेकी छन् । उनले बुवा नै आफुहरुको सहारा भएकाले उनलाई बचाउन आफुलाई बेच्न पनि तयार छु भन्दै छोरीले रुँदै बिलौना गरेकी छन् ।

आर्थिक अवस्था निकै कमजोर रहेका कमानसिंहको परिवारमा अहिले वज्रपात परेको छ । छोरीले भनिन्, मेरो बुवालाई बचाइदिनुस्, बुवालाई बचाउन म आफुलाई बेच्न पनि तयार छु । घटना कसले गरायो भन्ने उनीहरुले थाहा पाएका छैनन् । घटनावारे प्रहरीमा जानकारी भएको भएपनि अहिले सम्म घटनाको वास्तविकता खुलेको छैन ।

Related Articles

Back to top button