News
बलिवुड गायिका नेहाले सार्वजनिक गरिन् विवाहको पहिलो तस्बिर
मुम्बई । बलिवुड गायिका नेहा ककर हालसालै रोहनप्रीत सिंहसँग विवाह बन्धनमा बाँधिएकी छिन्। अहिले विवाहका तस्बिरहरू पहिलोपटक अनलाइन मार्फत् सार्वजनिक भएका छन्।
नेहाकी कतिपय फ्यानपेजले विवाहका तस्बिर सार्वजनिक गरेका हुन्। सार्वजनिक तस्बिरमा नेहा र रोहनप्रीतले होटलका कर्मचारीसँग भेट गरिरहेका छन्।
तस्बिरमा नेहाले हल्का हरियो रंगको कपडा लगाएकी छिन्। त्यस्तै उनले विवाहित महिला जनाउने रातो चुरा लगाएकी छिन्। रोहनले भने सामान्य ‘क्याजुअल’ कपडा लगाएका छन्।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **
नेहा र रोहनभन्दा होटलका कर्मचारी भने कोभिड १९ बाट निकै सचेत देखिएका छन्। जोडीले मास्क नलाए पनि होटल कर्मचारीले भने मास्क प्रयोग गरेका छन्।