vada
News

चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मीको यस्तो रह्यो दशै

आज विश्वभर छरिएर रहेका हिन्दु नेपालिहरुको महान पर्व दशैको मुख्य दिन टीका हो । यसपालिको दशै कोरोनामय भयो । हर्सोल्लास दशैलाई यसपटक घरभित्रै थुनियो । कोरोनाको महामारी अझै साम्य नहुदा नेपालिहरुको दशै खल्लो हुदा नजिकको आफन्तमा मात्रै दशै खुम्चिएको छ । यता कलाकारहरूले पनि आफ्नो घरभित्रै मनाएका छन् । टिकाको दिन मान्यजनबाट टीका र आशिर्वाद ग्रहण गरेर तस्वीरहरुलाई सामाजिक संजालमा सार्बजनिक गर्ने क्रम सुरु भएको छ ।

यस्तैमा चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मीले पनि आफ्नो दशै टीका तस्वीरलाई आफ्नो सामाजिक संजाल फेसबुकमा पोस्ट्याएकी छन् । उनले सार्बजनिक गरेको तस्वीरमा आफ्नो परिवारको अग्रजबाट टीका र आशीर्वाद थाप्दै गरेको देखिन्छ । लकडाउन पछिको समयमा फुर्सदमा रहेकी शाह बिकृतीको कुरा उठाउदा आफै विवादमा समेत फसिन भने पछिल्लो समय केही फिल्ममा अनुबन्धित समेत भएकी छन् । हेरौ उनका टीका तस्वीर ।

Related Articles

Back to top button
Close