vada
Video

टिकटकका कारण भेटिए २४ वर्षअगाडि छुट्टिएका जुम्ल्याहा दिदीबहिनी, थामिएन आँशु (भिडियो हेर्नुस्)

एजेन्सी । टिकटक अहिले युवा पुस्ता माझ निकै लोकपृय भएको छ । युवा मात्र होइन सबै उमेर समुहकाहरुको समय विताउने राम्रो माध्यम बनेको छ टिकटक । तर यसैका कारण २४ वर्ष पछि अलग रहेका दिदी बहिनीको पुनर्मिलन भएको छ । इन्डोनेसियाका दुई दिदीबहिनी २४ वर्ष अगाडि छुट्टिएका थिए। जन्मिएको केहीसमयमै उनीहरुलाई आफ्नै आमा र बुबाले छुट्याएका थिए।

जुम्ल्याहा बच्चालाई संगै राख्दा निधन हुन्छ भनेर उनका आमाबुवालाई भनिदिएका कारण उनीहरुलाई अलग गरिएको थियो । भिडियो सेयरिङ एप टिकटकले २४ वर्ष अगाडि छुट्टिएका जुम्ल्याहा दिदीबहिनीको पुनर्मिलन गराइदिएको कोम्पास डटकमलाई उदृतगर्दै एससीएमपीले जनाएको छ।

हाल ट्रेनी फित्री याना र ट्रेना मुस्तिका नाम गरेकी दिदीबहिनी लामो समयपछिको पुनर्मिलनपछि निकै खुशी भएका छन्।
ट्रेनी भ्लगरका साथै अनलाई स्टोर संचालिका हुन् भने ट्रेना गृहिणी मात्र हुन्।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

जब आफ्ना छोरीहरु धेरै वर्षपछि एक भएको खबर समाचारमा उनीहरुका जैविक पिता इनचेङ देदीले भने मेरो श्रीमतीकी बहिनीले पनि जुम्ल्याहा बच्चा हुर्काएकी थिइन्, तर पछि बच्चाहरुको निधन भयो । त्यसैले छोरीहरुलाई जिवित राख्न हामीले पनि यस्तो गरेका हौं ।

त्यसपछि दुई वर्षसम्म इनचेङ र उनका श्रीमती लगातार छोरीहरु भेट्न गएका थिए, जहाँ उनीहरुका छोरीहरुलाई धर्मपुत्रीको रुपमा पालिएको थियो। तर सन् १९९९ मा जब मुसलमान र क्रिश्चियन समुदायबीच हिं सा भ ड् कि यो धेरैले उक्त स्थान छोड्नुपर्यो।

पछि इनचेङको परिवारले छोरी ट्रेनालाई लिएर अन्यत्रै र्ग । तर ट्रेनीसँग भने परिवार सम्पर्कविहिन भयो किनभने ट्रेनीलाई पाल्ने परिवार इस्ट जाभा फर्किएका थिए।

एकदिन ट्रेनालाई उनका छिमेकीले आएर भनेको थियो,‘म तपाइँको टिकटक भिडियो रमाइलो मान्दै हेर्छु।’ तर आफूले कहिल्यै टिकटक नचलाएकाले ट्रेना आश्चर्यमा परेकी थिइन्। युट्युवर भइसकेकी आफ्नै बहिनीलाई फेला पार्न उनी सफल भइन् ।

वर्षौ अगाडि छुट्टिएर भेटिँदा दुवै दिदीबहिनी भावविह्वल भएका थिए। ट्रेना र ट्रेनीले आफूलाई पाल्ने परिवारसहित आफ्ना जैविक पिता इनचेङसँग पनि भेट गराए।

Related Articles

Back to top button
Close