vada
News

यिनै हुन् बेलायती नौसेनामा आवद्ध हुने पहिलो नेपाली महिला

काठमाडौ । बेलायती नौसेना ‘रोयल नेभी’ मा पहिलोपटक एक नेपाली महिला आवद्ध हुन् सफल भएकी छिन्। यो नेपाली महिलाहरुका लागि सफलताको कुरा हो । वर्षौ देखि नेपालीहरुले बेलायतमा नौसेनाका रुपमा सेवा गर्दै आएका छन् । तर पहिलो पटक एक नेपाली महिला नौसेनामा सहभागी हुने मौका पाएकी हुन् ।

नेपालकी उषा ठकुरी बेलायती नौसेनामा आवद्ध भएको बेलायती संचारमाध्यमले जनाएका छन्। यो खबर सार्वजनिक भएसंग बधाई दिनेहरुको ओइरो लागेको छ ।

उषाको ११ महिनाको सन्तान छ। तर पनि उनले कडा मेहनत गरेर यो सफलता हात पारेकी हुन् । उनले नौसेनामा आवद्ध हुन कडा परिश्रम गर्दै कठिन परीक्षण पार गरिन्।

उषाका अनुसार उनका बुबा र भाई गोर्खा सैनिक हुन्। उषाले आफ्ना पिताको प्रेरणा र हौसलाका कारण नौसेनामा आवद्ध भएको बताउँछिन् । उनका श्रीमान पनि नौसेनामा छन्। त्यहाँ उनी मुख्य चेफको रुपमा काम गर्छन्। त्यसैले पनि उनलाई नौसेनामा सहभागी हुने हौसला र सहयोग मिलेको हो ।

वर्षौयता बेलायतमा नेपाली गोर्खाहरुले सेवा गर्दै आएका छन्। सन् २००९ यता नेपालका सेवानिवृत्त गोर्खाहरुले आफ्ना परिवारलाई नै बेलायतमा लगेर बसोबास गर्ने सुविधा पाएका छन्।

Related Articles

Back to top button
Close