vada
News

चीनबाट झिकाइएको अक्सिजन सिलिन्डर राजधानी भित्रिँदै

निजीक्षेत्रले चीनबाट झिकाएको अक्सिजन सिलिन्डर तातोपानी भन्सार आएको छ । दुइ हजार पाँच सय ३० थान खाली सिलिन्डर भन्सार जाँचपास पछि आजै राजधानी पुग्ने तातोपानी भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकालले जानकारी दिनुभयो ।

नेपाः हिमा टे«ड लिङ्क कम्पनीले झिकाएको मध्यम खालको ११ केजी तौलको उक्त सिलिन्डर सिल्क ट्रान्सपोर्ट प्रालिले ढुवानी गरेको ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पाले बताउनुभयो । चीनबाट झिकाइएको जम्मा २० हजार सिलिन्डर मध्ये दुइ हजार थान नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट ल्याइने र १८ हजार थान सडक मार्ग हुँदै राजधानी ल्याइने बताइएको छ ।

यस्तै अक्सिजन अभावले मुलुकका विभिन्न अस्पतालमा कोभिड–१९ का बिरामीको उपचारमा कठिनाइ भइरहेका बेला राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का जहाजले विभिन्न मुलुकबाट धमाधम अक्सिजन सिलिण्डर नेपाल ल्याइरहेका छन् ।

निगमको वाइड बडी ए ३३० जहाजले चीन र ओमानबाट अक्सिजन सिलिण्डरलगायत अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । निगमको जहाजले बेइजिङ्बाट आइतबार र सोमबार ९७५ थान अक्सिजन सिलिण्डर काठमाडौँ ल्याएको छ । निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलका अनुसार दुई दिनमा क्रमशः ४०० र ५७५ अक्सिजन सिलिण्डर र १५७ अक्सिजन कन्सर्नटे«टर ल्याइएको छ । चीनबाट थप दुई उडानमार्फत अक्सिजन सिलिण्डर ल्याउने तथा अन्य स्वास्थ्य सामग्री पनि ल्याउने योजना रहेको छ ।

निगमले यसअघि वैशाख २८ गते चीनबाटै ४०० थान अक्सिजन सिलिण्डर, १० थान भेण्टिलेटरसहितका स्वास्थ्य सामग्री काठमाडौँ ल्याएको थियो । यीसबै सामग्री चीन सरकारले अनुदान स्वरुप नेपाललाई दिएको हो । चीन सरकारको दुई हजार अक्सिजन सिलिण्डर अतिरिक्त चीनस्थित नेपाली एनआरएन आइसिसिले सहयोगमा १०० थान, चीनमा रहेका एक नेपाली तथा अन्य चिनियाँ नागरिकको सहयोगमा ७६ थान, होङसी ग्रुपले २७ थान र करुणा फाउण्डेशनको सहयोगमा ११० थान गरी कुल अतिरिक्त ३१३ वटा अक्सिजन सिलिण्डर नेपाल ल्याउने निगमले जनाएको छ । गत शनिबार पनि निगमले गैर आवासीय नेपाली सङघको सहयोग र नेपाली दूतावास ओमनको सहकार्यमा ओमनबाट सहयोग स्वरुप प्राप्त भएको ५६० थान अक्सिजन सिलिण्डर काठमाडौँ ल्याएको थियो ।

Related Articles

Back to top button