vada
News

विशेषज्ञ भन्छन् : अबको दुई हप्तामा कोरोना नियन्त्रणमा आउछ

काठमाडौं । भारतमा कोरोना महामारीको दोस्रो लहरको पीक सकिएको छ ।

फेब्रुअरी महिनाबाट शुरु भएको कोरोना महामारीको दोस्रो लहर अप्रिल महिनामा उचाइमा पुगेको थियो । तर मे महिना शुरु भएसँगै संक्रमणको दर घट्दै गएको छ । अप्रिलको अन्तिमसम्ममा भारतमा दैनिक ४ लाखको दरले नयाँ संक्रमित थपिने गरेको थियो । तर अहिले घटेर तीन लाख भन्दा कम पुगेको छ । भारतीय विशेषज्ञहरुका अनुसार सबै ठीकठाक अवस्था चले अबको एकदेखि दुई हप्ताभित्र भारतमा कोरोना महामारीको दोस्रो लहर समाप्त हुने छ ।

तर विशेषज्ञहरुका अनुसार भारतमा कोरोना महामारीको दोस्रो लहर समाप्त हुन धेरै कुरामा निर्भर रहनेछ । नागरिकले स्वास्थ्य निर्देशनलाई जति कडाइका साथ पालना गर्छन्,त्यति नै छिटो महामारीबाट मुक्ति पाइने उनीहरुको भनाइ छ । तर फेरि पनि भीडभाड गर्ने, लापारवाही गर्ने कार्य जारी नै राखे कोरोना महामारीको दोस्रो लहरको अन्त्य हुनुको सट्टा अझ भयावाह अवस्था आउन सक्छ ।

यस्तै विशेषज्ञहरुका अनुसार सरकारले ल्याउने खोप नीतिले पनि यो महामारीबाट कति छिटो उन्मुक्ति पाइन्छ भन्ने निर्धारण गर्नेछ । जति छिटो जति धेरै संख्यामा खोप लगाउन सकियो उत्ति नै छिटो यो महामारीलाई जित्न सकिन्छ

Related Articles

Back to top button