vada
News

झनै सुखद् समाचारः घट्न थाल्यो कोरोनाका बिरामी कम हुदै मृतकको संख्या कोरोनाबाट निको हुने दर बढ्दै

नेपालमा कोरोना संक्रमितको संख्या क्रमशः घट्दो क्रममा रहेको छ । यस्तै मृतकको संख्या पनि घट्दो क्रममा रहेको छ भने निको हुने दर बढ्दै गएको देखिएको छ । कोरोनाको दोस्रो लहर बढ्दै गएपछि काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्ला नि षे धाज्ञा लगाइएसँगै कोरोना दर घट्दै गएको देखिएको हो । यस्तै मृ तकको संख्या पनि घटेको छ । पीसीआर परीक्षण गर्दा कोरोना केही दिन यता सरदर ४५ प्रतिशत रहेकोमा आज ३७।४ प्रतिशत पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६४८ जना कोरोनामुक्त बनेका छन् भने निको हुने दर ७४।६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उनकाअनुसार संक्रमितमध्ये देशभर १ हजार ३१३ जना आईसीयूमा र ३८० जना भेन्टिलेटरमा उ पचाररत रहेका छन् भने अधिकांश संक्रमित होम आइसोलेसनमै रहेका छन् ।

गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६४८ जना निको हुँदा ७३६८ जनामा कोरोना पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३६८ जनामा कोरोना पुष्टि भएको हो ।

Related Articles

Back to top button