vada
Video

दशैंको मुखमै ८ वर्षको छोरालाई घरमा एक्लै अलपत्र पारेर श्रीमति हराएपछि मलेसियावाट श्रीमानले रुँदै भने ‘मेरो श्रीमति खोजिदिनुस्’ (भिडियो हेर्नुस्)

काठमाडौ । दशैंको मुखमा घरमा भएकी श्रीमति सबै सम्पत्ती लिएर हराए पछि मलेसियामा रहेका श्रीमान रुँदै मिडियामा आएका छन् । उनले मलेसियावाट आफ्नो श्रीमति खोजी गरिदिन आग्रह गरेका छन् । उनको तेह्रथुम स्थित घरवाट ८ वर्षको छोरा अलपत्र छोडेर हराएकी हुन् ।

उनी आफु मलेसियामा कमाएको करिब २ लाख रुपैया लिएर श्रीमति हिँडेको बताएका छन् । जम्मा २ लाख रुपैया लिएर श्रीमति हराउलिन् भन्ने आफुले कल्पना पनि नगरेको बताएका छन् । असोज २८ गतेवाट श्रीमति हराएपछि उनी साउदीवाट मिडियामा आएका हुन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

आमाबुवावाट अलग्गै श्रीमति र छोरालाई राखेर मलेसिया गएको १८ महिना पछि श्रीमति हराएकी हुन् । उनले आफु साउदी पुगेपछि श्रीमतिलाई ४ लाख रुपैया भन्दा बढी पैसा पठाएको बताएका छन् । उनले साउदीमा पनि आफुले निकै दुखको काम गरेको बताएका छन् । उनले साउदीबाट भने, म रातको निन्द्र हराएको छ, खान पनि सकेको छैन । म निकै पी डित भएको छु, उनले भने ।

म निकै दुखी भए मेरो श्रीमति पत्ता लगाइदिनुस् उनले रुँदै युट्युवरलाई भने । ८ वर्षको छोराले आफुलाई फोन गरेर ममी रातभरी फोनमा कुरा गर्नुहुन्छ । मलाई खान पनि दिनुहुन्न भनेर छोराले भनेको थियो ।

उनी भन्छन्, मैले फोन गर्दा किन फोन गरिरहेको, धेरै फोन गर्यौ भने मोवाइल फालिदिन्छु भनेर भन्ने गरेको उनले बताएका छन् । तेह्रथुमका पूर्णबहादुर तामागंले आफ्नो श्रीमति आशिका तामागंलाई खोजि गरिदिन माग गरेका छन् ।

Related Articles

Back to top button
Close