vada
News

यसपटक दशैंको टीका लगाउँदा अनिवार्य अपनाउनै पर्ने विज्ञका १२ सुझाव

काठमाडौ । कोरोना भाइरसको जोखिम कामय नै रहेको समयमा नेपालमा हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैं तिहार जस्ता चाड आएको छ । कोरोनाको जोखिम उच्च रहेका कारण यो वर्षको दशैंको टिका थाप्दा अनिवार्य रुपमा सावधानी अपनाउन विज्ञले सुझाव दिएका छन् । काठमाडौ उपत्यका लगायतका ठाउँमा कोरोना समुदायमै फैलिसकेको छ । त्यसैले पनि उच्च सतर्कता अपनाउनु अनिवार्य छ ।

शनिबारमात्रै २ हजार २ सय नयाँ संक्रमित थपिएका छन। योसँगै नेपालमा संक्रिय संक्रमितको संख्या ४६ हजार पुगेको छ। जनस्वास्थ्यविद् डा। रवीन्द्र पाण्डेले यस पटक टीका लगाउँदा ध्यान पुर्याउनुपर्ने १२ सुझावहरु दिएका छन।

१) दुवै पक्षले मास्क लगाएर मात्र टीका लगाउने २) ६ फिटको दुरी कायम गरेर बस्ने ३) सकभर हातमा टीका जमरा लिने अनि आफैँ निधारमा लगाउने

४। टीका दिनेले प्रत्येक पटक हात धुने ५) हात पुछ्ने रुमालरटावेल एक अर्कामा सेयर नगर्ने ६) एकजनालाई टीका लगाउने काम १ मिनेटभित्र सक्ने

७) घरभित्र हैन, घरबाहिर आँगन, बरण्डा, बगैचा वा अन्य खुला ठाउँमा बसेर टिका लगाउने ८) मास्क पटक्कै नखोल्ने। पानी, चिया, कफी, खाजा, खाना आफ्नो घरमा गएर मात्र खाने ९) साबुनपानीले हात धोइरहने

१०) भीडभाड पटक्कै नगर्ने ११) दक्षिणा लेनदेन नगरे राम्रो। दक्षिणा लेनदेन गर्नै पर्ने भएमा अघिल्लो दिन हात राम्रोसंग धोएर, पैसालाई खाममा राखेर तथा सुख्खा हातले लेनदेन गर्ने १२) सकभर फोन वा नेटबाट आशिर्वाद तथा शुभकामना आदानप्रदान गर्ने

Related Articles

Back to top button