vada
News

आज कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु

आइतबार थप ८ हजार ८ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको स्थिति अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा सोको संख्यामा संक्रमण भएको जनाएको छ।

मन्त्रालयका अनुसार कूल १८ हजार ७ सय ८७ पीसीआर परीक्षणमा ८ हजार ७ सय ७७ जना र ५ सय ०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८ सय ५० मा संक्रमण पुष्टि भएको छ।

कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ।

अहिले देशभरि ८८,००० भन्दा बढी मानिसमा सक्रिय सङ्क्रमण छ। तीमध्ये काठमाण्डू उपत्यकाका तीन जिल्लामा हुनेको सङ्ख्या सर्वाधिक छ।

सक्रिय सङ्क्रमितमध्ये ६,७३० जना संस्थागत आइसोलेशनमा र बाँकी ८१,००० जनाभन्दा बढी घरमै आइसोलेशनमा बसिरहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले मन्त्रालयले गरेको प्रेस ब्रीफिङमा बताए।

अहिले देशभरिका अस्पतालमा ८३२ जना आईसीयूमा र २६७ जना भेन्टिलेटरमा भएको उनले बताए।

Related Articles

Back to top button