vada
News

कोरोना ह्वात्तै बढेका बेला काठमाडौंमा अनौठो घट’ना, प्रहरी यसरि सफल भयो प’क्राउ गर्न !

काठमाडौंबाट विभिन्न जिल्ला जाने क्रममा यातायात व्यवसायीले यात्रुबाट धेरै भाडा असुल्ने गरेको भन्ने सूचना महानगरीय ट्राफिक प्रहरी महाशाखामा आएपछि तत्कालै महाशाखाले एउटा टोली तयार पार्‍यो। सादा पोशाकमा आफैँ यात्रु बनेर जाने निर्णय गरी गत हप्ताबाट उपत्यकाका विभिन्न क्षेत्रमा उक्त टोली परिचालन गरिएको थियो। काठमाडौंबाट विभिन्न जिल्ला जाने यातायातको टिकट काउन्टर, चालक तथा सहचालकको सुक्ष्म रूपमा अध्ययन गर्दा धेरै ठाउँमा यात्रुबाट बढी भाडा लिएको पाइएपछि प्रहरी त्यसविरूद्ध आक्रामक रूपमा प्रस्तुत हुन थालेको छ। ** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तलकाे लिंकमा क्लिक गर्नुहोला **

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले भने, ‘हाम्रो अनुगमनमा यस्तोसम्म पाइयो कि लाग्ने भाडाभन्दा पाँच/छ गुनासम्म बढी भाडा लिएका थिए।’ यसको दरिलो उदाहरण काठमाडौं–बुटवलको भाडा हेर्दा पुग्छ। सामान्यतः छ-सात सय भाडाले पुग्ने बुटबलका लागि छ हजारसम्म लिएको पाइएको र पोखराको भाडा तीन हजार ५०० सम्म लिएको पाइएको छ। पोखरामा हवाइजहाजमा जाँदा समेत त्यति रकम तिर्नु पर्दैन।

केही अघि पक्राउ परेका पोखरा माइक्रोका कर्मचारी बन्दराज पराजुली, मोरङ घर भई नेपालटार बस्ने २९ वर्षीय नवीन पौडेल तथा बुटवल भैरहवा काउण्टरमा काम गर्ने धादिङ थाक्रे–७ का रञ्जित सिलवालविरूद्ध अहिले कानुनी प्रक्रिया अघि बढिसकेको छ।** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तलकाे लिंकमा क्लिक गर्नुहोला **

Related Articles

Back to top button