News

रुपा र कृष्ण वलीलाई पुत्रलाभ (४ तस्विर सहित)

काठमाडौं । रुपा र कृष्ण वली अभिभावक बनेका छन् । रुपाले पुत्रलाई जन्म दिएकी छन् । कृष्णले बुवा बनेको भन्दै आफ्नो खुसी सार्वजनिक गरेका छन् । उनीहरु अभिभावक भएको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बधाई दिनेको ओइरो लागेको छ । यो जोडी सामाजिक सञ्जालमा निकै भाइरल जोडी हो । उनीहरुको जिवनको संघर्ष मानिसको जिवनका लागि प्रेरणा दिने खालको छ । रुपा र कृष्ण कलियुगका लागि राधा र कृष्णका जोडी हुन् भन्दा पनि फरक पर्दैन ।

निकै अप्ठेरो अवस्थामा रुपाले कृष्णलाई साथ दिएकी छन् । उनको मायाका कारणले नै कृष्णले आफ्नो जिवनको सबैभन्दा दुखद् अवस्थावाट पार भएका छन् । उनीहरु अहिले आफ्नो जिवनलाई निकै उल्लासपूर्ण तरिकाले बिताएका छन् ।

दुर्घटनामा हात र खुट्टा गुमाएका कृष्णलाई रुपाको माया र साथ नै जिउने आधार बन्यो । एक अर्कालाई निकै माया गर्ने यो जोडीलाई यति ठूलो दुर्घटनाले पनि छुटाउन सकेन । हात खुट्टा गुमाएका कृष्णलाई रुपाले माया, साथ र हौसला दुवै दिइन् । सामाजिक सञ्जालमा चलेको अभियानका कारण उनीहरुले आर्थिक सहयोग पाए । देश र विदेशवाट आशिर्वाद र माया पाए । अहिले कृष्णले कृतिम खुट्टा लगाएका छन् ।

Related Articles

Back to top button
Close