vada
News

काठमाण्डौ उपत्यकामा वैशाख २९ सम्म निषेधाज्ञा, बिहान २ घन्टामात्रै पसल खोल्न पाइने

काठमाण्डौ उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्ब्याइएको छ।

काठमाण्डौ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आगामी वैशाख २९ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो। उपत्यकामा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो।

बैंठकले अब साँझ किराना र डिपार्टमेन्ट स्टोर खोल्न नदिने निर्णय पनि गरेको छ। यसअघि उपत्यकामा साँझ ५ बजेदेखि ७ बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न छुट दिइएको थियो।

यसैगरी अबदेखि बिहान ७ बजेदेखि ९ बजेसम्ममात्र पसल खोल्न पाइने निर्णय बैठकले गरेको छ।

एम्बुलेन्सका लागि १०२ मा सम्पर्क गर्न सकिने

नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले महामारीका समयमा अत्यावश्यक सेवा लिन अपनाउनुपर्ने प्रक्रिया र टोल फ्री नम्बरहरूको प्रबन्ध गरेको छ । केन्द्रको टोल फ्री नं ११४० रहेको छ भने एम्बुलेन्सका लागि १०२, शव व्यवस्थापनका लागि ११४० र शव व्यवस्थापनका लागि खटिएको टोलीबारे जानकारीका लागि १०५ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

शव व्यवस्थापनका लागि मृतक प्रमाणपत्र, कोभिड–१९ को पोजेटिभ रिपोर्टसहितका कागजात छाउनीस्थित केन्द्रमा इमेल गर्न सकिनेछ । अस्पतालमा मृत्यु हुनेको हकमा सम्बन्धित अस्पतालले सिसिएमसीलाई शव व्यवस्थापनका लागि अनुरोधपत्र वा होम आइसोलेशनमा मृत्यु हुनेका हकमा स्थानीय पालिकाको पत्र आवश्यक पर्ने केन्द्रले जनाएको छ ।

Related Articles

Back to top button