vada
News

कोरोनाको खोप ट्रायलमा सहभागी भएका एक जनाको निधन

काठमाडौं । कोरोना विश्वव्यापी भएसंगै खोपको परिक्षण र उत्पादन पनि विश्वव्यापी भएको छ । विश्व स्वास्थ्य संगठनले खोपको विकास नभए सम्म कोरोना विश्ववाट नजाने बताउँदै आएको छ । जसका कारण विश्वका धेरै मुलुक कोरोनाको खोप निर्माणमा लागेका छन् ।

हालै एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले पनि खोपको विकास गरेको छ । यिनीहरुद्वारा विकसित भईरहेको कोरोना भ्याक्सीनको ट्रायलमा सहभागी बनेका एक व्यक्तिको निधन भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमले खोपको ट्रायलमा सहभागी भएका एक जनाको निधन भएको जनाएका छन् । तर ति ब्यक्तिको नाम भने गोप्य राखिएको छ ।

ब्राजिल हेल्थ अथोरिटीले बुधवार यसको जानकारी दिएको समाचारमा जनाइएको छ । तर भोलेन्टियर्सको निधन भएपनि परीक्षण नरोकिने जनाइएको छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

चिकित्सा गोपनियताको कारण यसको बारेमा अन्य केहि जानकारी दिइएको छैन । फेडरल यूनिभर्सिटी अफ साओ पाओलोका अनुसार निधन भएका भोलेन्टियर ब्राजिलका नागरिक थिए । खोपमा सहभागीको निधन भएका कारण एस्ट्राजेनेकाको शेयरमा १।७ प्रतिशत गिरावट आएको छ ।

Related Articles

Back to top button