vada
News

Breaking – काठमाडौं कलंकी केन्द्र बनाएर भूकम्पको धक्का

काठमाडौं । काठमाडौंलाई केन्द्र बनाएर भूकम्प गएको छ ।मंगलबार राति १ बजेर ५९ मिनेटमा कलंकी केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र, लैनचौरले जनाएको छ ।

भूकम्पको मापन ३.५ म्याग्नेच्यूडमा गरिएको छ । यो २०७२ मा गएको गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जानकारी दियो ।

कतार जानेहरुको लागि नयाँ नियम लागु
काठमाडौं, वैशाख १४ गते । नेपालसहित ५ देशका नागरिक कतार यात्रा गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । कतारस्थित नेपाली राजदूतावासले आज एक सूचना जारी गर्दै कोरोना सङ्क्रमणलाई ध्यानमा राखी भारत, नेपाल, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र फिलिपिन्सबाट कतार जानेले अनिवार्य १० दिन क्वारेन्टाइन बस्नुपर्ने जानकारी दिएको हो ।

यो नियम यही अप्रिल २९ देखि लागु हुने सूचनामा उल्लेख छ । ती देशबाट जाने सबै जनाले १० दिन होटल क्वारेन्टाइन वा १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्नेछ । यो प्रावधान कतारमा कोरोना भ्याक्सिन लगाइसकेको व्यक्तिको हकमा समेत लागू हुने छ ।

कतार प्रवेश गर्ने सबै यात्रुहरुले अनिवार्य रुपमा तोकिएको स्वास्थ्य केन्द्रबाट कोभिड परीक्षण गरेको ४८ घण्टा अघिको नेगेटिभ साथमा लिएर यात्रा गर्नुपर्नेछ ।

Related Articles

Back to top button