vada
News

दुःखद खबर; कञ्चनपुरबाट जन्ती बोकेर गएको जिप बैतडीमा दु’र्घटना हुँदा १ जनाको मृ,त्यु, ११ जना घा’इते

धनगढी :

कञ्चनपुरबाट जन्ती बोकेर गएको जिप बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ६ ग्वाल्लेक घट्टेघाट खोलामा दुर्घटना हुँदा अन्य ११ जना घाइते भएका छन्।
सुदूरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको बलेरो जिप सोमबार विहान ५ः५० बजेको समयमा दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

उक्त दुर्घटनामा बैतडीको दशरथचन्द नगरपालिका वडानम्बर ३ का ५५ वर्षीय देवदत्त जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ। १२ जना सवार रहेको उक्त जिपमा ११ जना घाइते रहेको बताइएको छ। अहिले उद्धार भइरहेको छ। थप विवरण आउन बांकि छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button