vada
News

उपत्यकाका ३ जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय

काठमाडौं । राजधानीका तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका सबै काम एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन्।

आइतबार तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली पराजुलीका अनुसार कोरोना महामारीको दोस्रो चरणको जोखिमलाई मध्यनजर गर्दै प्रशासनहरूले अत्यावश्यक सेवा मात्र सञ्चालन गर्ने भएका हुन्।

आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैंठकले उक्त निर्णय गरेको हो ।

उपत्यकाका तीन जिल्ला प्रमुखको बसेको बैठकले तत्काल कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने र अन्य कार्यालयहरुलाई पनि आलोपालो विधिबाट सेवा प्रदान गर्न निर्णय गरेको छ ।

पराजुलीका अनुसार ती अत्यावश्यक काम शान्ति-सुरक्षा, ठाडो उजुरीलगायत नगरी नहुने काम मात्र सञ्चालन गर्ने निर्णय गरिएको हो।

नागरिकता, राहदानी, नागरिकताको प्रतिलिपि, संघ-संस्था दर्ता, नवीकरण, पत्रपत्रिका दर्तालगायतका काम बन्द गरिएको पराजुलीले बताए।

Related Articles

Back to top button