vada
News

भेरी अस्पतालमा थप एकजना संक्रमितको मृत्यु

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप एकजना संक्रमतिको उपचारका क्रममा शनिबार मृत्यु भएको छ
नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी ५५ वर्षीया महिलाको भेरी अस्पतालमा रहेको कोभिड आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्यमा समस्या आएपछि चैत ३१ गते पिसिआर परीक्षण गर्दा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । वैशाख ६ गतेदेखि उनलाई भेरी अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार शुरु गरिएको थियो****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button