vada
News

अन्धविश्वासले गुम्यो एकै परिवारका ३ दिदी बहिनीको ज्यान

एजेन्सी । परिवारको अन्धविश्वासका कारण एकै घरका ३ दिदी बहिनीको निधन भएको छ । स र्पले ड से का दिदीबहिनीलाई परिवारले अस्पताल नलगेर घरमै झारफुक गर्न लाग्दा ज्यान गएको छ ।

यो घटना भारतको झारखंडको सिमडेगा भन्ने स्थानको हो । स र्पले टो केपछि ती तीन बहिनीहरूलाई डाक्टर कहाँ लैजानु भन्दा परिवारले रातभरि जप गरिरह्यो र त्यसपछि बिहान उनीहरूको निधन भयो ।

रातभर जप र झारफुक गरे पनि बालिकाहरु निको भएनन् । प्रहरीले घटनाको अनुसन्धानका क्रममा थाहा भयो उनीहरुले अन्तिम अवस्थामा मात्र अस्पताल लगेका थिए । त्यतीबेला तीन दिदी बहिनीकै निधन भइसकेको थियो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

चिकित्सकले निधन भइसकेको घोषणा गरिसकेपछि पनि उनीहरुले विश्वास गरेनन् । फेरी अस्पतालवाट पनि झारफुक गर्न भन्दै ठूलो तां त्रि क सहित ओडिशा लिएर गए ।

बालिकाको नाम अंकिता लाक्रा, हर्षिता लकरा र एडलिन एक्का भनिएको छ । उनीहरु क्रमशः १२, १० र ८ बर्ष उमेरका थिए। उनीहरु भुँईमा सु ते को बेलामा स र्प ले टो’के’को थियो ।

Related Articles

Back to top button
Close