vada
News

सीमानामै ढ’ले’ का यी दुई गोविन्द, जस्ले देशका लागी त्या’ गे आफ्नो प्रा’ ण

कन्चनपुर । समय दोपहरको थियो । ठाउँ कञ्चनपुरको पुनर्वास नगरपालिका– ९ स्थित दोदा नदीको किनारको कीर्तिपुर घा’ ट । जहाँ हजारौंको सख्यामा मानिसहरुको उपस्थिति थियो । मानिसहरुको त्यो उपस्थिति न नदीको बहाव हेर्नको लागी थियो न त नदीमा आएको बाढीले पर्याएको क्षतिकालागी थियो ।

त्यो थियो त केवल नेपाल प्रहरीका असई गोविन्द वि.कको अन्तिम बिदाईकालागी । जहाँ प्रहरीले उनको अन्त्येष्टिकालागी सम्मान र सलामीसहित अन्तिम बिदाई गर्दै थियो । त्यही दृश्य हेर्नकोलागी र गोविन्दलाई अन्तिम पटक भेट्नकोलागी मानिसहरुको बाक्लो उपस्थिति थियो । त्याहाँ न कोराना थियो न नत कोरोनाको कुनै कहर नै थियो । थियो त केवल गोविन्दकोलागी दुःखी हुँदै रोईरहेको हजारौं मनहरु थियो ।

त्यो घाटमा कति ला सहरु पो’ लिए । जस्को बारेमा घरपरिवार र आफन्त बाहेक अरुलाई थाहै भएन । तर गोविन्द बि.कलाई पोल्दा पुरै देशले थाहा पायो । सारा नेपालीहरुको मन रोईरह्यो । उता गोविन्दको चितामा आगोको ज्वाला दन्किंदै गोविन्दको शरीरलाई ज’लाउँ’ दै थियो भने यता नेपाली मिडियामा गोविन्दको ठुलो ठुलो फोटो राखेर उनको ब्रेकिंग समाचार बनाईरहेको थियो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

ठिक गोविन्दको जस्तै कथा, ब्यथा र परिघटना आजभन्दा तीन बर्ष अघि त्यसै ठाउँमा घटेको थियो । उनी गोविन्द वि.क नभई गोविन्द गौतम थिए । गौतमलाई पनि दोदाकै नदी किनार (पचकडीया घाट) मा ढालिएको थिायो । र त्यसै ठाउँमा गोबिन्द गौतमको राष्ट्रिय सम्मान र सलामीसहित अन्त्येष्टि गरिएको थियो, जुन ठाउँमा गोविन्द वि.को अन्तेष्टि गरिएको थियो ।

संयोग कस्तो भने पुनर्वास नगरपालिकाका यी दुई युवा सीमामै ढले । दुबै जनाको पृष्ठभूमी फरक भएपनि समानता लगभग मिल्दाजुल्दा छन् । जिल्ला र पालिका मात्रै होइन, उनीहरुको नाम पनि एउटै हो, जात फरक भएपनि । दुबैजना नेपाल–भारत सीमास्तम्भ नजिकै ढ’ ले । कर्तव्य पालना गर्दागर्दै कैलालीको नेपाल–भारत सीमा स्तम्भ नम्बर ७४५ नजिक शनिवार राति तस्करहरुको निसानामा परेका थिए असई बिक । र, तीन बर्ष अघि कञ्चनपुरको सीमास्तम्भ नम्बर २०० नजिक सहिद भएका थिए गोविन्द गौतम ।

को थिए गोविन्द गौतम ? र कसरी मा’ रि’ एका थिए त ? भनेर जान्नलाई यो पनि पढौं

कञ्चनपुरको पुनर्वास नगरपालिका–४ ‘घ’ गाउँ जनबस्तीका गोविन्द गौतम सामान्य परिवारका थिए । सम्पत्तिको नाममा लालपुर्जाबिहीन १० कठ्ठा जमिन थियो। त्यसमा तीन जना दाजुभाइलाई भागबण्डा लगाउनुपर्ने । परिवारमा माइलो छोरा थिए उनी । साथमा बुवाआमा, श्रीमती र ३ छोरी थिए । घरको आयस्रोत अरु थिएन । खेतीकिसानीले वर्षभरी खान नपुगेपछि उनी केहि महिना अघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किका थिए ।

बिरामी बुवालाई अस्पताल लैजाने तयारीमा थिए गौतम । घर नजिक पर्ने हराइरहेको सीमास्तम्भ नम्बर २०० नजिक नेपाली भूमीमा कल्भर्ट बनाउने विषयमा अघिल्लो दिन बेलुकाबाट विवाद भइरहेको थियो। उनी बुवालाई खाना खाएर तयार हुन भन्दै विवादीत ठाउँमा गए । त्यहाँ नेपाल प्रवेश गरेका भारतीयलाई स्थानीयले ल’खे’ टेपछि दुबैतर्फबाट ढु’ ङ्गा हा’ ना’ हा न हुँदै थियो । गौतम भीडबाट वरै नेपालतर्फ थिए । एकाएक गो’ली च’ ल्यो र गौतम सीमास्तम्भ नम्बर २०० नजिक ढले । उनको २०७३ साल फागुन २६ गते नेल–भारत सीमा विवादका क्रममा भारतीय सुरक्षाकर्मीले च ला’ एको गो’ ली लागेर ज्यान गएको थियो ।

गौतमलाई सरकारले सहिद घोषण गर्यो । गोली चलाउने माथी कार’वाही गर्न दुबै देशका सरकारले प्रतिवद्धता जनाएको पनि वर्षौ बितिसकेको छ । तर अहिलेसम्म त्यस्तो केही का’रवा’ ही भएको सुनिएको छैन । यद्यपी असई बिकको ‘ह’त्यामा संलग्न ७ जनालाई भने मंगलबार प्रहरीले सार्बजनिक गरेको छ । थप दुई जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button
Close