vada
News

छोटो तथा लामो दुरीका सार्वजनिक यातायात चढ्दा अब नयाँ नियम !

काठमाडौं – सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथामका लागि आदेश जारी गरेको छ, जसमा सार्वजनिक यातायातमा मास्क अनिर्वाय गरिएको छ।

सञ्चार तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले मास्क नलगाएका युत्रलाई सार्वजनिक सवारीका साधन चढ्न दिन नहुने र बस चालक तथा सहचालकले यात्रुलाई बढीमा १० रुपैयाँमा मास्क बेच्न सक्ने निर्णय गरिएको बताए।

लामो दूरीका सवारीले सुरु गन्तव्यबाट अन्तिम गन्तव्यसम्म जाँदा बीच भागका यात्रु हाल्न नपाउने र यात्रुको विवरण जिल्लास्तीय डीसीएमसीमा दिनुपर्ने व्यवस्था गरिएको छ । सवारीलाई निसंक्रमण गर्नुपर्ने नियम पनि बनाइएको छ।

Related Articles

Back to top button