vada
News

होसियार ! होटल तथा रेस्टुरेन्ट लगायतका यी क्षेत्रहरू ८ बजेपछि खोल्न नपाइने (पुरा पढ्नुहोस्)

काठमाडौं : सरकारले कोरोना संक्रमण बढेपछि होटल तथा रेस्टुरेन्ट राति ८ बजेपछि खोल्न नपाइने नियम ल्याएको हो । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले होटल तथा रेस्टुरेन्ट बिहान ८ बजेदेछि राति ८ बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको हो ।त्यस समयपछि होम डेलिभरी मात्र गर्न पाइने सरकारले निर्णय गरेको छ ।

राष्ट्रिय राजमार्गमा रहेका होटल तथा रेष्टुरेन्टले भने स्वास्थ्य मापदण्ड अपनाएर सेवा दिन पाउने आदेश जारी भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए । मन्त्रिपरिषद्को सोमबारको बैठकको निर्णय सार्वजनिक गर्दै उनले जनस्वास्थ्य मापदण्ड अपनाएर मात्रै होटल तथा रेष्टुरेन्ट खोल्न पाउने आदेश भएको बताए ।

यस्तै, सरकारले विवाह, ब्रतबन्धमा पार्टी प्यालेर प्रयोग गर्नुपरे प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने पनि सरकारले नियम बनाएको छ । विवाह, ब्रतबन्ध, मेला, महोत्सव, जात्रा, पर्व र मलामी र चाडपर्वमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

Related Articles

Back to top button