vada
News

अरुको सेवामा खटेकी अनिशालाई लग्यो कोरोनाले, भर्खर जन्मेकी छोरी बनिन टुहुरी

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी बढ्दो छ । हाम्रै छिमेकमा यसको प्रभाव डरलाग्दो रुपमा देखिएको छ। खुला सीमाना र अव्यवस्थित आवागमनका कारण त्यहाँ सल्किएको कोरोनाको काल बिस्तारै नेपाल पसिरहेको छ ।

नेपालमा पछिल्लो समय दैनिक सयौंको संख्यामा संक्रमित थपिन थालेका छन् भने मृत्यु हुनेको संख्या पनि लगातार बढिरहेको छ । केही दिनयता मात्र हजारौँ संक्रमित थपिएका छन् । करिब एक साताको अवधिमा मात्र दर्जनौँले ज्यान गुमाउनु परेको छ ।

“स्वास्थ्य मन्त्रालयले नै आगामी असारसम्ममा दैनिक ११ हजारसम्म संक्रमित हुने प्रक्षेपण गरेको छ । “

गतवर्ष लकडाउन हुँदा शुरुमा एक जना पनि संक्रमित भेटिएका थिएनन् । तैपनि विस्तारै संक्रमण बढ्दै गयो र एकैदिन दर्जनौंको संख्यामा मृत्यु र हजारौँको संख्यामा संक्रमित हुने अवस्थासम्म पुग्यो । अहिले कोरोनाको दोस्रो लहर शुरु भैसक्दा न लकडाउन गरिएको छ न स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा गम्भीरता देखिएको छ । त्यसैले यहि अवस्था रहिरहे भारतमा सल्केको कोरोनाको कालले नेपाललाई पनि खाने निश्चित छ।

डरलाग्दो कुरा त,स्वास्थ्य मन्त्रालयले नै आगामी असारसम्ममा दैनिक ११ हजारसम्म संक्रमित हुने प्रक्षेपण गरेको छ । यसले खतराको घन्टीमात्र बजाएको छैन भयावह अवस्थाकोसमेत संकेत गरेको छ । यसपटकको नयाँ भेरियन्सबाट युवा र बालबालिका बढी प्रभावित भएको मन्त्रालयले बताइसकेको छ । यहि उमेर समूहका मानिस बढी सक्रिय हुने र घर बाहिर निस्कने हुँदा पहिलेको तुलनामा संक्रमण छिटो बिस्तार हुने मन्त्रालयको भनाइ छ।

आजमात्र दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २२ जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा संक्रमण भेटिएको छ । संक्रमितमध्ये अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ ।

आज कोरोनाकै कारण एक स्टाफ नर्सले ज्यान गुमाएकी छन् । भर्खरै बिहा गरेकी अनिशा ओली नाम गरेकी ती युवतीलाई कोरोनाले जीवनको पूर्वार्धमै लिएर गयो । उनकी भर्खर जन्मेकी छोरी टुहुरी भएकी छन् ।

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दाङ तुलसीपुर निवासी २० वर्षीय स्टाफ नर्सको आज बिहान ११ बजेतिर उपचारकै क्रममा मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले जानकारी दिएका हुन ।

उनका अनुसार छ दिनदेखि भेरी अस्पतालमा उपचार गराईरहेकी स्टाफ नर्सको मृत्यु भएको हो । मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत थिइन् ।

Related Articles

Back to top button