vada
News

सबैको मनमा बस्न सफल गायिका टिका सानुको मोहित पार्ने रूप, फिदा बनाउने सुन्दरता(फोटो फिचर)

गायिका टिका सानु अहिले लोकदोहोरी क्षेत्रकै एकदमै अनुशासित, सरल, सबैसँग मिठो बोल्ने दोहोरी गायिका हुन।हेर्दा जति सोझी र सरल देखिन्छिन्, वास्तविकता पनि त्यहि रहेछ । चाहिदो मात्र बोल्ने, अरुको विषयमा त्यति रुचि नराख्ने, आफ्नो संघर्षले अगाडी बढ्छु भन्ने भावना बोकेकी रहिछिन् ।

उनी लगभग १० बर्ष अगाडीदेखि यो क्षेत्रमा लागिरहेकी छिन् । उनको पूर्खौली घर दाङमा रहेछ । छोरी नै छोरी भएको परिवारमा धेरै संघर्ष गरेर जीवन बितिरहेको थियो । उनको आमा पनि गीतसंगीतमा रुचि राख्ने रहिछिन् ।धेरै सन्तान भएको कारणले अनि उनका बुबाले राम्रोसँग कान नसुन्ने भएको कारणले गर्दा उनकी आमा बिदेशिनु पर्यो । जसोतसो गरी उनी आफ्नो गायिका बन्ने रहर मेट्न सहर पसिन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

तर यो सहर उनले सोचेजस्तो सजिलो भने पाइनन् । अझ उनी सोझी र सरल भएका कारणले गर्दा उनलाई यो समाजमा टिक्न एक समय हम्मेहम्मे नै पर्यो । सोचेजस्तो नभईदिदाँ उनी फेरि गाउँ नै फर्कन्छु र आफ्ना रहरलाई तिलाञ्जली दिन्छु भन्ने सोचमा पनि लागिन् ।विस्तारै विस्तारै मान्छे चिन्दै गइन् । यो सहरमा घुलमिल भइन् अनि दोहोरीमा गीत गाउन सुरु गरिन् । धेरै बर्ष मेहेनत गरिन् अनि उनको सोझो पनको फाइदा उठाउन पनि धेरैजना लागि परे ।

तिमीलाई म तिमीले सोचेभन्दा माथि पुर्याइदिन्छु, तिमीले यसरी दिनरात दुख गर्नुपर्दैन, तिम्रो जीवनशैली नै परिवर्तन गरिदिन्छु भन्ने सम्मका कुराहरु उनले प्रत्यक्ष सुनिन् । तर उनी त्यसमध्ये परिनन् । २० औँ बर्ष लागेतापनि म आफ्नो मेहेनतले, आफ्नो कलाले नै अगाडी बढ्छु भन्ने सोच उनीमा थियो ।

धेरै ठाउँमा लाइभ दोहोरी गाउँदै जादाँ एकदिन उनले इन्द्रेणीमा जाने अवसर पाइन् । उनको मिठो बोली, सरल गीत गाउने शैली देखेर सबैको नजरमा उनी पर्न सफल भइन् । त्यसपछि इन्द्रेणीमै कलाकारको रुपमा आफूलाई स्थापित गरिन् ।धेरैले प्रश्न गर्ने गर्छन् उनलाई, तपाई किन परिवर्तन नहुनु भएको ? धेरै सम्पत्ति कमाउनु भयो, दोहोरीमा आफ्नो छुट्टै पहिचान बनाइसक्नु भयो अब त आफूलाई पनि बदल्नुस् न ।

यस्तो भन्नेहरुलाई उनी सरल भाषामा मलाई पहिले देखि नै यहि परिचयले चिनिरहनु भएको छ, मलाई यस्तै नै दर्शकले रुचाउनु भएको छ भने म किन परिवर्तन हुनु भन्छिन् । यसकारण पनि उनी पछिल्लो समय सबैको प्रिय भइन् ।

Related Articles

Back to top button
Close