vada
News

बस र टिपर ठो’क्किँदा पाँचको मृत्यु, ४१ जना घा’इते

बाँके । बाँकेमा बस र टिपर आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।
शुक्रबार बेलुकी भएको सो दुर्घटनामा ४१ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार, सुर्खेतबाट काठमाडौंतर्फ जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नचढाइएको (अनटेस्ट) टिपर कोहलपुर चपरगौढी नजिकै एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।बेलुकी ६ बजे भएको सो दुर्घटनामा परी टिपरका चालकसहित दुई जना र बसमा सवार तीन जना गरी पाँच जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रविन्द्र खनालले जानकारी दिए ।उनका अनुसार, घाइतेहरूलाई अस्पताल पुर्‍याउने र मृतकहरूको सनाखत गर्ने काम भइरहेको छ ।कोहलपुर चप्पर गौडीस्थित नेपाली सेनाको चेकपोष्टदेखी करिब एक किलोमिटर पूर्व जंगलमा उक्त दुर्घटना भएको जनाउँदै डिएसपी खनालले घाइतेहरूमध्ये सात जना गम्भीर १४ जना मध्यम र २० जना सामान्य रहेको बताए । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button