vada
News

भक्तपुरमा मोटरसाइकल दुर्घटना : धुलिखेलका एक युवकको मृत्यु

भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत मध्यपुरको एसएस चोक नजिक मोटरसाइकल दुर्घटना हुँदा धुलिखेलका महेश शाहको मृत्यु भएको छ । घटनामा अर्का एकजना गम्भीर घाईते भएका छन् ।

मध्यपुर थिमि नगरपालिका वडा ४ एसएस चोक नजिक अरनिको राजमार्गमा भक्तपुरबाट काठमाडाैँ जाँदै गरेको बा ५३ प ६९३८ नं को मोटरसाईकल आफै अनियन्त्रित भई सडकको बाँया तर्फको रेलिङमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा माेटरसाइकल चालक र पछाडि बसेका गरी दुवै जना गमभीर घाइते भएर उपचारका लागि प्रहरीले मध्यपुर अस्पताल थिमिमा लगेको थियाे । पछाडी बस्ने वर्ष ३२ का महेश शाहलाई चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

मोटर साईकल चालक काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका वडा नं. १० बस्ने वर्ष २२ को महेन्द्र शाहको मध्यपुर अस्पताल थिमिमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेकाे जनाइएकाे छ ।

Related Articles

Back to top button