vada
Intresting

मोटोपनादेखि अनुहारमा चमक ल्याउन बदामका यति धेरै फाइदाहरु

काठमाण्डौ । प्रशस्त मात्रामा प्रोटिन रहेको बदामलाई जुनसुकै मौसममा पनि खान सकिन्छ । बदाम खाँदा पेट छिटो भरिने भएका कारण तुरुन्तै अर्को खाने कुरा खान मन लाग्दैन र यसैले गर्दा मोटोपन भएकाहरुको सजिलै तौल घट्न सक्छ।

नियमित रुपमा बदाम खाँदा मुटुसम्बन्धी समस्याबाट बच्न सकिन्छ। साथै बदाम खाने व्यक्तिमा डिप्रेसनको समस्या पनि एकदमै न्यून हुन्छ। बदाममा भएको ‘फाइटोस्टेरोल’ नामक तत्वले सामान्यतया ट्युमरलाई नियन्त्रण गर्छ र क्यान्सर हुनबाट जोगाउँछ। बदाममा प्रशस्त मात्रामा भएको फोलिक एसिडले महिलामा प्रजनन् क्षमता बढाउँछ ।

यति मात्र नभई नियमित रुपमा बदाम खाँदा यसले छालामा हुने सुख्खा वा खस्रोपनाबाट बचाउँछ भने यसका साथै नियमित बदाम खाँदा कपालको सुन्दरतामा पनि वृद्धि हुन्छ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button