vada
Video

प्रकाश सुवेदीले शिल्पाको अर्कैसंग नाम जोडेर समाचार नै बनाएपछि भयो हंगामा: शिल्पाले लेखिन् मन छुने स्टाटस, सोनुले दिए जेल लैजाने चेतावनी (भिडियो हेर्नुस्)

काठमाडौ । नायीका शिल्पा पोखरेल र उनका श्रीमान छवी ओझाबीचको पारिवारिक समस्या र विवाद अहिले अदालतमा विचाराधिन छ । यहि विषयलाई लिएर कार्यक्रम रजतपटका संचालक प्रकाश सुवेदीले एक कार्यक्रम निर्माण गरे । सो कार्यक्रममा प्रकाश सुवेदीले नायीका शिल्पालाई विभिन्न आरोप लगाउने कोशिष गरिएको थियो । प्रकाशले शिल्पालाई कलाकार शोनु खत्रीसंग जोडेर गलत सम्बन्ध रहेको पुष्टि गर्न खोजेका थिए ।

प्रकाशले सोनुको श्रीमतीको एउटा पुरानो भिडियो सामाजिक सञ्जालवाट लिएर कार्यक्रममा प्रशारण गरेको भन्दै सोनुले त्यसको टिप्पणी गरेका छन् । आफ्नो चरित्र हरण गरे भन्दै नायीका शिल्पाले पनि प्रतिकृया दिएकी छन् । उनले सााजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै प्रकाश सुवेदीलाई त्यो कुरा पुष्टि गर्न भनेकी छन् । सोनुले पनि एक भिडियो सार्वजनिक गर्दै प्रकाशको ध्यानाकर्षण गराएका छन् । उनले प्रकाशलाई गलत समाचार बनाएर पैसा कमाउने ध न्दा बन्द गर्न भनेका छन् ।

उनले शील्पालाई लिएर आफ्नो श्रीमतीको मनमा कुनै शंका नभएको र पुरानो केही कुरा भएपनि त्यो समाधान समेत भइसकेको बताएका छन् । सोनुले आफ्नो श्रीमती अस्वस्थ्य भएको र समाचार पछि उनको स्वास्थ्यमा थप समस्या आएको बताएका छन् । उनले त्यो समाचार सच्याउन आग्रह गर्दै त्यसो नगरे आफु कानुनी उपचारमा जाने पनि बताएका छन् । उनले आफ्नो श्रीमतीलाई शिल्पा प्रति शंका रहेको र त्यो अहिले समाधान भइसकेको बताएका छन् ।

कोमलले आफु डिप्रेशनमा रहेको बेलामा बनाएको भिडियोलाई आधार बनाएर प्रकाशले समाचार बनाएर आफुलाई थप त ना व दिएको बताएकी छन् । उनले आफ्नो श्रीमानसंग शिल्पाको कुनै सम्बन्ध नभएको बताएकी छन् । उनले समाचार प्रशारण भएपछि आफुलाई समस्या भएको र त्यो पुरानो भिडियो डिलिट गर्न आग्रह गरेकी छन् । कोमलले आफ्नो अनुमति विना पुरानो भिडियो समाचारमा प्रयोग गरिएको भन्दै दुख ब्यक्त गरेकी छन् ।

Related Articles

Back to top button