vada
News

सावधान ! आजदेखि घरबाट बाहिर निस्किदै हुनुहुन्छ भने, यो सुचना पढेर मात्रै निस्किनु होला !

काठमाडौं । आज काठमाडौँमा उपत्यकामा बाहिर निस्कँदै हुनुहुन्छ भने लाइसेन्स, ब्लूबुक सबै बोकेर मात्र निस्कनु होला । किनभने होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सुरक्षा योजनासहित ट्राफिक प्रहरी परिचालन गरेको छ । होलीमा लापरवाही गरेर सवारी चलाउने गतिविधि रोक्न *** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला**

काठमाडौं उपत्यकाका ८५ ठाउँमा चेक प्वाइन्ट राखिएको ट्राफिक महाशाखाका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए । मोटरसाइकलमा तीनजना बस्ने तथा मापसे गरेर सवारी चलाउनेमाथि विशेष निगरानी गर्नेगरी महाशाखाले सुरक्षा योजना तयार गरेको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरमा होली मनाउँदा दुर्घटना नहोस भनेर ७ सयभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिएको छ ।८५ देखी ९० वटा चेक प्वाइन्टमा बिहानैदेखि मापसे परीक्षण शुरु गरिएको एसपी अधिकारीले बताएका छन् । जबर्जस्ती रंग दल्ने र लोला फाल्नेलाई प्रहरीले पक्राउ गर्नेगरी महानगरीय प्रहरी कार्यालयले सुरक्षा योजना लागू गरेको छ ।*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला**

Related Articles

Back to top button