vada
Video

रमेश प्रसाईं र कल्पना दाहालले बिबाह बारे पहिलोपटक मुख खोले (भिडियो हेर्नुहोस्)

काठमाडौं ०४ कार्तिक / केही हप्ता अगाडि इन्द्रेणी कार्यक्रममा दोहोरी गाएर रातरात चर्चामा आएका जोडी प्रखर वक्ता रमेश प्रसाईं र गायिका कल्पना दाहालको ताजा अन्तर्वाता एक्सेेन नेपाल अनलाइन टिभीमा सार्वजनिक भएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

रमेश प्रसाईंलाई सामाजिक सञ्जालमा सक्रिय बनाउन उल्लेखनीय भुमिका निभाएका प्रसाईंका आत्मिय मित्र जीवन बिष्टले अन्तर्वार्ता लिएका हुन् ।

इन्द्रेणीमा गाएको दोहोरी भाइरल बनेपछि गायिका कल्पना दाहालको चर्चा चुलिएसँगै रमेश प्रसाईंसँग नाम जोडेर विवाहका अनेकथरि शिर्षकमा समाचार र भिडियोहरु बाहिरिएको छ ।

तर, यी जोडीले विवाहको कुरा दोहोरीमा मात्र सिमित रहेको स्पष्ट पारेका छन् । मन मिलेमा विवाह असम्भव नभएपनि अहिले चाहिँ हल्ला मात्र रहेको रमेश प्रसाईं बताउँछन् ।

एबिसी टेलिभिजन र युट्युबबाट प्रसारण हुने लोकप्रिय कार्यक्रम इन्द्रेणीमा पछिल्लो समय रमेश प्रसाईं पनि सदस्यका रुपमा भित्रिएका छन् ।

भिडियो हेर्नुहोस् ।

Related Articles

Back to top button
Close