vada
Video

चर्चित टिकटकर सुधिर श्रेष्ठलाई आफ्नै दाई बताउने यी युवतीले ठगिन लाखौं रुपैया , सुधीरको नाम बदनाम गर्ने युवतीको यस्तो रहेछ वास्तविकता, खुल्यो रहस्य (भिडियो हेर्नुस्)

राधा कुमारी चौधरी जसले टिकटकमा निकै चर्चित रहेका सुधिर श्रेष्ठलाई आफ्नै दाई हुन् भन्थिन् । उनको सामाजिक सञ्जालमा सुधिरसंग थुप्रै भिडियो बनाएकी छन् । सुधिर पनि निकै चर्चित युट्युवर हुन् ।

मोरग पथरी शनिश्चरे निवासी केही ब्यक्ति आफुहरु ठगीमा परेको भन्दै मिडियामा आएपछि भने अर्कै रहस्य खुलेको छ । उनले आफुलाई सुधिर श्रेष्ठको बहिनी भनेर सबैलाई परिचय गराउने गरेकी थिइन् ।

वैदेशिक रोजगारीका लागि माल्टा लैजान्छु भन्दै उनले धेरै ब्यक्तिसंग लाखौं रुपैया ठगी गरेको फेला परेको छ । उनले सुधिरसंग मात्र होइन अन्य चर्चित युट्युवरसंग पनि भिडियो बनाएका छन् । सो भिडियो हेरेर वैदेशिक रोजगारीमा जान चाहनेहरु पनि धोकामा पर्र्ने गरेका थिए । उनले पनि वैदेशिक रोजगारीका नाममा ठगी गरेको खुलेपछि अहिले वास्तविकता पनि खुलेको छ ।

उनले सुधिरको बहिनी हुँ भन्दै नाम पनि ढाटेकी थिइन् । उनको वास्तविक थर चौधरी भएपनि आफुलाई श्रेष्ठ बताउँदै आएको उनीसंग ठगीमा परेकाहरुले बताएका छन् । वैदेशिक रोजगारीमा जान चाहनेहरुले आफुहरुको सुनको गहना पनि बेचेर पैसा जम्मा गरेको बताएका छन् । कसैले ऋण सापटी लिएर उनलाई पैसा बुझाएका थिए । पैसा बुझाएपछि भने उनको ब्यवहार परिवर्तन भएपछि उनीहरुले आफुहरु ठगीमा परेको थाहा पाएका थिए । अहिले उनीहरु मिडियामा आएर ठगिएको भन्दै न्याय माग्न थालेका छन् ।

आफुहरुलाई ठगी गरिएको भन्दै न्याय माग्न मिडियामा सार्वजनिक भएपछि मात्र उनी चर्चित युट्युवर सुधिरको बहिनी नभएको खुलेको थियो । उनी आफु पनि धेरै वर्ष माल्टा बसेर आएको भन्दै सबैलाई अनुभवका आधारमा माल्टा जान सहयोग गर्ने भन्दै पैसा उठाउने गरेकी थिइन् । त्यसरी ठगीएकाहरुले मिडियामा आएर आफ्नो बास्तविकता सार्वजनिक गरेका छन् । हेरौं उनीहरुको वास्तविकता यस्तो छ,यो भिडियो मार्फत

Related Articles

Back to top button