vada
News

नेपालमा नयाँ प्रजातीको कोरोना भाइरस तिब्र रुपमा फैलिँदै, विद्यालय बन्द गर्न सरकारलाई सिफारिस

काठमाडौँ, चैत २७ गते ।स्वास्थ्य मन्त्रालयले नयाँ प्रजातिको भाइरस तीव्र गतिमा फैलिन थालेको भन्दै शैक्षिक संस्था बन्द गर्न कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) लाई सिफारिस गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले शैक्षिक संस्था बन्द गर्न अनुरोध गरेको बताए ।

‘पछिल्लो समय १८ वर्ष ९विद्यालय उमेर समूह०का बालबालिकामा संक्रमण बढ्दै गएको पाइएको छ,’ निर्देशक पौडेलले भने, ‘यसले शैक्षिक क्षेत्र कोरोनाको हटस्पट हुने देखिएकाले तत्काल बन्द गरी अनलाइन पठनपाठनलाई नियमित गर्नुपर्छ ।’

८ चैतयता दुई सयभन्दा बढी बालबालिका संक्रमित भइसकेका छन् ।कोभिडको जोखिम बढेसँगै शैक्षिक संस्थाहरूले अनलाइन कक्षालाई प्राथमिकता दिन थालेका छन् ।

काठमाडौं विश्वविद्यालका स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङले अनलाइन कक्षा सञ्चालन गर्न आह्वान गरेका छन् ।त्रिभुवन विश्वविद्यालयले समेत अवस्था विश्लेषण गरेर अनलाइन वा फेस टु फेस कक्षा सञ्चालनको निर्णय गर्न आग्रह गरेको छ ।

Related Articles

Back to top button