vada
News

ढिला नगरी कुहिएकालाई चै फ्याल्नुपर्ने देखियो;सरकारले जनतालाई मान्छे गन्दैन’

विश्वभर फैलिएको कोरोना महामारीका कारण नेपालमा पनि एक लाख भन्दा बढी संक्रमित भैसकेका छन् । सरकारले कोरोनाको उपचार अब जनता आफैले गर्नुपर्ने भनेपछि यसले सामाजिक संजालमा चर्को आलोचना भोगिरहेको छ । चलचित्रकर्मीहरुले पनि सरकारको यो कदमको विरोध गरिरहेका छन् ।

निर्देशक तथा कलाकार निश्चल बस्नेत लेख्छन्–‘आफ्नो उपचार गर्न राज्यकोषबाट जति खर्च गरेपनि हुने । जनताको उपचार आफै गर भन्न सक्ने गैरजिम्मेवार सरकारले साधारण जनतालाई मान्छे गन्दैन भनेर फेरि छर्लङ्ग भयो ।

महामारीमा पनि जनताको सेवक हुन नसक्ने सरकारले आफ्नो पतनको बाटो आफै रोजिसकेछ । राम्रो रोज्ने मौका त हामीले गुमायौं, अब ढिला नगरी कुहिएकालाई चै फ्याल्नुपर्ने देखियो ।’

Related Articles

Back to top button
Close