vada
News

बाँकेमा एक मिनेटको फरकमा महिलाले जन्माइन् तीन शिशु, डाक्टर नै अचम्मित

काठमाण्डौं । एक गर्भवतीले नेपालगञ्जमा एक मिनेटको फरकमा तीन शिशुलाई जन्म दिएकी छिन् । ती महिला सिस्ने गाउँपालिका वडा नम्बर ३, पोखरा, रुकुमकी ३१ वर्षिय सुमिता बोहोरा हुन् । सुमिताले एक मिनेटको फरकमा तिम्ल्याहा बच्चाको जन्म दिएकी हुन् ।

सुत्केरी ब्यथा लागेर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना भएकी बोहोराले मङ्गलबार दिउँसो एक मिनेटको फरकमा तीन वटा शिशुको जन्म दिएको अस्तालले जनाएको छ ।

दिउसो १२ बजेर ३८ मिनेटमा पहिलो शिशु जन्माएकी सुमिताले १२ बजेर ३९ मिनेटमा दोस्रो र १२ बजेर ३९ मिनेटमा तेस्रो शिशु सकुसल जन्माएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले जनाएकोछ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

अस्पतालका अनुसार शल्यक्रियाबिना सुमिताले जन्माएका पहिलो बच्चाको एक केजी ४२० ग्राम, दोस्रो बच्चा एक केजी ४८५ ग्राम र तेस्रो बच्चा एक किलो ३६५ ग्राम तौल रहेको छ । अस्पतालका अनुसार सुमिताले जन्माएकी तीनवटै शिशु छोरा भएको र आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको ।

Related Articles

Back to top button
Close