vada
News

कलाकारको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षका किशोर पक्राउ

निर्देशक तथा हास्यकलाकार दीपाश्री निरौला, अभिनेता सरोज खनाल लगायतका कलाकारहरुको फेसबुक ह्याक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले पर्सा बहुदजरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय बालकलाई पक्राउ गरेको हो ।

दीपाश्री लगायतले फेसबुक ह्याक गरेर विभिन्न व्यक्तिसँग पैसा मागेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । जाहेरीपछि प्रहरी फेसबुक ह्याक गर्ने व्यक्तिको खोजीमा खटिएको थियो । १४ वर्षीय बालकलाई पर्साबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।

जिल्ला अदालत काठमाडौंको पक्राउ अनुमतिपछि जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा उनी पक्राउ परेका हुन् । अहिले उनलाई अनुसन्धानका लागि टेकुमा राखिएको छ । गीतकार तथा रंग पत्रकार दयाराम पाण्डे हुँदै दीपाश्री निरौला, सरोज खनाल लगायतको फेसबुक ह्याक भएको थियो ।

पक्राउ परेका उनीमाथि पर्सा प्रहरी कार्यालयले थप अनुसन्धान सुरु गरेको छ । यसअघि कलाकार सरोज खनाल, दीपाश्री निरौला लगायतका फेसबुक एकाउण्ट ह्याक भएको थियो । उनीहरुको फेसबुक ह्याक भएपछि अनुसन्धान सुरु भएको थियो । सांकेतिक तस्बिर

Related Articles

Back to top button