vada
News

विवाह गरेको ६ वर्ष पनि सन्तान नभएपछि श्रीमती लिएर भारत कमाउन गएका छोराले उठाए यस्तो कदम, आमाबुवा रुँदै दैलेखमा

नयाँदिल्ली । श्रीमती लिएर भारतमा कमाउन भन्दै गएका दैलेखका एक युवाले देह त्याग गरेका छन् । श्रीमतीसंगको सामान्य विवाद पछि घरवाट निस्केर हिडेका दैलेख दुल्लु नगरपालिका ३ घर भएका २४ बर्षिय ब म बहादुर कार्की मृ त फेला परेका हुन । उनले देह त्याग गरेको भारतीय मिडियाले जनाएका छन् । भारतको हैदराबादमा झुन्डिएको अवस्थामा मृ त फेला परेका कार्कीको शव नेपाल ल्याउन उनका आमाबुवाले आग्रह गरेका छन् ।

रोजगारीको शिलशिलामा भारतको हैदराबादमा काम गर्दै आएका कार्की शुक्रबार राती श्रीमतीसँग सामान्य विवाद भएपछि बाहिर निक्लिएका थिए । शनिबार बिहान उनी हैदराबाद लिगमपल्ली एम आई जी कोलोनिको पछाडि रहेको जंगलमा मृ त फेला परेका हुन्।

उनी पारिवारिक समस्याका कारण मानसिक त ना व रहेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । उनको श्रीमती वाहेक अन्य कसैसंग पनि विवाद भएको नदेखिएको पनि प्रहरीको भनाई छ । फास्ट फूड कुकको काम गर्दै आएका कार्की हैदराबादको लिगमपल्लीमा श्रीमती तुलसीसँग बसोवास गर्दै आएका थिए । विवाह भएको ६ वर्षसम्म पनि सन्तान नभएका कारणले उनीहरु मानसिक त ना ब रहेको हुनसक्ने आफन्तले अनुमान गरेका छन् ।

भारतमा उनको श्रीमती वाहेक अन्य आफन्त नभएका कारण शव पनि अलपत्र परेको त्यहाँ रहेका नेपालीहरुले जनाएका छन् । भारतमा कोरोनाको तीव्र गतिमा बढिरहेका कारण नेपालबाट पनि आफन्त भारत जान नसक्ने भएकाले उनका वुवा आमाले नेपाल सरकार र दिल्लीस्थित नेपाली दुतावासलगायत विभिन्न संघ संस्थालाइ नेपाल सम्म ल्याइदिन आग्रह गरेका छन्।

Related Articles

Back to top button